मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपतिकाठमाडौँ महानगरपालिकाले गौशाला धर्मशाला खाली गर्न माइकिङ

barnanmedia.com · Tue Oct 08 22:28:46 UTC 2024

काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ ।

पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच आज गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)