मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

मनोरञ्जन

आलोचनाको शिकार बन्यो फिल्म ‘आईएम जित बहादुर’को टिम

nagariknews.nagariknetwork.com · Wed Jun 17 07:00:09 GMT 2026

गत सोमबार असार १ गते विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र मानिने पशुपतिनाथ परिसरमा हुने साँझ आरतीको क्रममा चलचित्रको प्रचार गरिएपछि आचोलना भएको छ ।

सोमबार साँझ जितु नेपाल चलचित्र ‘आईएम जित बहादुर’को कलाकारदेखि निमार्ण टोलीलाई लिएर आरतीमा पुगेका थिए। आरती प्रारम्भ हुनुअघि यी टोलीले ‘आईएम जित बहादुर’को प्रचार तथा विभिन्न दाताहरुको नाम समेत घोषणा गर्न थालेपछि आरतीमा ढिलाई भएको भन्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो असन्तुष्ठि जनाएका छन्।

अन्य दिनभन्दा सोमबार श्रद्धालुको संख्या बढी थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘आईएम जित बहादुर’ को टिमले चलचित्रको पोस्टर तथा प्रचार गरेको भिडियो सार्वजनिक गर्दै पशुपतिनाथको अनुभव निराशजनक रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हामी आरतीमार्फत शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्न गएका थियौं। तर हाम्रो विश्व सम्पदास्थल यति व्यापारिक बन्छ भन्ने कल्पना गरेका थिएनौं। लामो समयसम्म दाताहरूको नाम घोषणा गरियो र त्यसपछि चलचित्रको प्रचार गरियो ।’

चलचित्र प्रचार तथा अन्य घोषणाका कारण आरती निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिला प्रारम्भ भएपछि श्रद्धालुहरू आक्रोशित बनेका थिए । केही भक्तजन आरती नहेरी फर्किएको तथा केहीले स्थलमै बसेर विरोध जनाएको सामाजिक सञ्जाल प्रयोगकर्ताले उल्लेख गरेका छन‍् ।

केहीले भने आरती हेर्न आएको चलचित्रको प्रमोशन हेरेर फर्कियौँ भन्ने प्रतिक्रिया जनाएका छन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

टिप्पणीहरू