मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

पहिलो हाफमा पोर्चुगल र कंगोबीच बराबरी, कंगोको ऐतिहासिक गोल

lokaantar.com

फिफा विश्वकप अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी टोली प्रजातान्त्रिक गणतन्त्र कंगोले पहिलो हाफमा १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिए पनि पहिलो हाफको अन्तिम क्षणमा गोल खाएपछि खेल बराबरीको अवस्थामा पुगेको हो।

खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडरमार्फत गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए। पेड्रो नेटोको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै नेभेसले गरेको गोल नै पहिलो हाफमा पोर्चुगलले टार्गेटमा हानेको एक मात्र प्रहार बन्यो।

सुरुवाती अग्रतासँगै पोर्चुगलले बलमा पूर्ण नियन्त्रण कायम राखेको थियो। पहिलो हाफमा पोर्चुगलले ४६० भन्दा बढी पासहरू खेल्दै कंगोलाई रक्षात्मक खेल्न बाध्य पारेको थियो।

पोर्चुगलको दबाबका बीच कंगोले निकै अनुशासित प्रदर्शन गर्‍यो। पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा योआने विसाले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। आर्थर मासुयाकुको क्रसमा विसाले गरेको यो गोल कंगोका लागि विश्वकप इतिहासकै पहिलो गोल समेत बनेको छ।

५२ वर्षपछि विश्वकपमा फर्किएको कंगोका लागि यो गोल ऐतिहासिक क्षण सावित भयो। पोर्चुगलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा गोल गर्न असफल रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

टिप्पणीहरू