कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
ratopati.com · Thu Jul 09 03:52:13 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ गतेबाट कार्यान्वयनका लागि सबै महाशाखा र निकायहरूमा पठाइएको आचारसंहितामा कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ । कर्मचारीले कार्यालयको काममा रहेको समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने आचार संहितामा उल्लेख छ । तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा लेखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)