३४ जनालाई सुरक्षितसाथ गन्तव्यतर्फ पठाइयो
ratopati.com · Fri Jul 11 17:27:00 GMT 2025

काठमाडौँ । रसुवा बाढीमा फसेका थप ८९ जनालाई असार २७ गते वैकल्पिक सडक मार्ग बनाई सुरक्षित साथ गन्तव्यतर्फ पुर्याइएको छ । टिमुरेबाट स्याफ्रुवेशीतर्फ वैकल्पिक सडक बनाई ५५ जनालाई गन्तव्यतर्फ पठाइएको हो ।
जसमा ४५ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै स्याफ्रुवेशीबाट टिमुरेतर्फ ३४ जनालाई गन्तव्यतर्फ पठाइएको छ जसमा १ महिला र ३३ पुरुष छन् । उनीहरूलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वैकल्पिक सडक मार्ग बनाई गन्तव्यतर्फ पुरयाएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)