पौवादुङमामा ‘एक घर एक एक फलफूल’ बगैँचा कार्यक्रम
ratopati.com · Fri Jul 11 18:21:00 GMT 2025

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
फलफूलका खेती लागि उपयुक्त भूगोललाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । बजेट नै व्यवस्थापन गरिएकाले आगामी आर्थिक वर्षबाट कार्यक्रम सञ्चालन हुने अध्यक्ष राईले बताए । यो कार्यक्रममार्फत किसानलाई मागको आधारमा भूगोलअनुसारको बिरुवा वितरण गरिने अध्यक्ष राईको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)