मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

देश

१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

ratopati.com · Wed Jun 17 18:17:34 GMT 2026

काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. वैदेशिक रोजगार

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सीप प्रमाणीकरण अनिवार्य गरेको छ।

साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर

२. सुधनबारेको छानबिन प्रतिवेदन गुपचुप

तर, गुरुङमाथि प्रश्न उठेपछि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप थन्क्याइएको छ।

सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो

३. शिक्षक–कर्मचारी एक वर्षदेखि तलबविहीन

पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकाका ९७ जना शिक्षक तथा कर्मचारीले विगत एक वर्षदेखि पारिश्रमिक पाएका छैनन् । गाउँपालिका आफैँले अनुदान कोटामा नियुक्त गरेका शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरूले लामो समयदेखि पारिश्रमिक नपाएका हुन् ।

४. स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका थिए।

५. बहसमा नेपाली कांग्रेस

तर भित्र पसेर हेर्दा एउटा असहज यथार्थ देखिन्छ– कांग्रेसको ऐतिहासिक आत्मा, सामूहिकता र राजनीतिक संस्कारलाई विस्थापित गरेर एउटा कृत्रिम, प्रचारमुखी र डिजिटल छविमा आधारित कांग्रेस निर्माण गर्ने प्रयास भइरहेको छ।

गगन–विश्वले नबुझेको तथ्य र नस्वीकारेको सत्य

६. स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?

शाह नेतृत्वको कार्यदललाई निर्वाचन आयोगले केही दिन अघिमात्र संविधान संशोधनका लागि दिएको २१ बुँदे सुझावमा स्थानीय तह निर्वाचन गैरदलीय बनाउन भनिएको छ ।

स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन सम्भव छ ?

७. अदालत

विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार

भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू

८. साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतीले आफूहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीमाथि अनुसन्धानका लागि सहयोग गर्न नेपाल फर्किने वातावरण मिलाइदिन पत्राचार गरेका छन् ।

साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?

देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै

९.नेकपामा झलनाथको विद्रोह

दुई दर्जनभन्दा तीन दर्जन पार्टी र समूह मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेतृत्वको कार्यशैलीविरुद्ध शीर्ष नेताहरूले नै विद्रोह गर्न थालेका छन् ।

१०.रास्वपा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको भव्य तयारी भइरहँदा मधेस प्रदेशमा भने अधिवेशन नै हुन सकेको छैन ।

मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?

११. परिमार्जित मस्यौदा सावर्जनिक

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि ‘कर्मचारी सेवा विनियमावली’को परिमार्जित मस्यौदा सार्वजनिक गरेको छ ।

१२. विश्वकप

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

टिप्पणीहरू