रूपन्देहीमा चार लाख बराबरको अवैध कपडा बरामद
ekantipur.com · Fri Nov 24 16:59:31 GMT 2023
तिलोत्तमा — रुपन्देहीमा प्रहरीले अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार बिहान रोहिणी गाउँपालिका–७ स्थित अमुवाबाट कपडा बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४ लाख ८ हजार रुपैयाँ बराबरको ३ सय ४० पिस कुर्ता सुरुवाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)