मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले गरे ओबामाकालीन आणविक सम्झौताको आलोचना

barnanmedia.com · Sun May 24 22:48:39 GMT 2026

मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्यका लागि अमेरिका र इरानबिच नयाँ सम्झौताको खाका तयार भइरहेका चर्चाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति सार्वजनिक भएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना कूटनीतिक प्रतिनिधि तथा वार्ताकारहरूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ निर्देशन दिएको बताएका छन्। समय अमेरिकाको पक्षमा रहेकाले वार्तालाई व्यवस्थित र रचनात्मक ढङ्गले अगाडि बढाउनुपर्ने र यस प्रक्रियामा कुनै पनि गल्ती हुन नहुने उनको भनाइ छ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा सन् २०१५ मा इरानसँग गरिएको आणविक सम्झौताको आलोचना गरेका छन्। उनले उक्त सम्झौतालाई अमेरिकी इतिहासकै ‘सबैभन्दा खराब सम्झौता’ को संज्ञा दिँदै त्यसले इरानलाई आणविक हतियार बनाउने सीधा बाटो खोलिदिएको आरोप लगाएका छन्। ट्रम्पले वर्तमान सरकारले इरानसँग गरिरहेको वार्ता र सम्झौताको ढाँचा विगतको भन्दा बिल्कुलै फरक र सुरक्षित हुने दाबी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)