मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो

ratopati.com · Wed Jun 17 18:26:36 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने दृष्टिले फलदायी भएको जनाएको छ ।

चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका मन्त्री खनालले चीन बसाइका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता, लगानी प्रवर्द्धन, आर्थिक कूटनीति तथा जनस्तरको सम्बन्ध विस्तारका विविध कार्यक्रममा सहभागिता जनाएका थिए । मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)