गुल्मीमा सांसदद्वय सागर ढकाल र सुशान्त वैद्यिक सवार कार दुर्घटना
lokaantar.com

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीमा शुक्रबार साँझ प्रतिनिधिसभा सदस्यद्वय सागर ढकाल र सुशान्त वैद्यिक सवार कार दुर्घटनामा परेको छ ।
बाग्लुङबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको बा प्र–०१–०२९ च ७३४३ नम्बरकोकार अनियन्त्रित भई सडकको डिलमा अड्किएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साँझ करिब ५:४० बजे भएको उक्त दुर्घटनाको समयमा कार प्युठानबाट निर्वाचित सांसद सुशान्त वैद्यिकले आफैं चलाइरहेका थिए । कारमा गुल्मी क्षेत्र नं. १ का सांसद सागर ढकालसहित तीन जना सवार थिए ।
प्रहरीका अनुसार कार सडकको डिलमा गएर अड्किएका कारण ठुलो क्षति हुनबाट जोगिएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । कारमा सवार दुवै सांसद र अर्का एक व्यक्ति पूर्ण रूपमा सकुशल रहेका छन् ।
दुर्घटनालगत्तै उद्धार गरी कारलाई घटनास्थलबाट सुरक्षित रूपमा निकालेर जिल्ला सदरमुकाम तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)