रु तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
barnanmedia.com · Fri Jul 11 21:45:59 GMT 2025

रु तीन करोड ६५ लाखको लागतमा म्याग्दीको चार ठाउँमा नदी नियन्त्रण योजना सम्पन्न भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराले नदी कटान र बाढी नियन्त्रणका लागि तटबन्ध र कम्पोजित पर्खाल निर्माण गरेको हो । आयोजनाका इञ्जिनियर नरजङ गुरुङले चालु आर्थिक वर्ष २०८१/८२ मा दरवाङ, तातोपानी, सिंगा र लामगरामा योजना निर्माण भएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)