मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनलाई हराउँदै इटली फाइनलमा

pahilopost.com · Tue Jul 06 21:53:13 GMT 2021

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटलीले स्पेनलाई हराएको छ। इङ्ग्ल्याण्डको स्थित वेम्बलीमा सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६० औं मिनेटमा इटलीले अग्रता बनाएको थियो। सिरो इमोबिलको पासमा फेडेरिको किएजाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। तर, खेलको ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले ड्यानी ओल्मोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याउँदा निर्धारित समय १-१ को बराबरीमा रोकियो। त्यस्तै अतिरिक्त समयमा पनि दुबै पक्षले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इटलीले ४-२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। योसँगै इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)