मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाढीपीडितका लागि आर्या फार्माल्यावको ८२ लाख ५१ हजार रुपैयाँ बराबरको औषधि सहयोग

nepallive.com · Fri Aug 28 13:48:49 GMT 2026

काठमाडौं– भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।

विपद्का कारण प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले विभिन्न प्रकारका आवश्यक औषधि उपलब्ध गराएको हो। कम्पनीका अनुसार प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत औषधि प्रभावित नागरिकसम्म पुर्‍याइनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)