मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निशाको कीर्तिमानी प्रदर्शन

ekantipur.com · Thu Jul 14 01:09:25 GMT 2022

काठमाडौँ — लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा सिनियरकै राष्ट्रिय कीर्तिमान तोड्ने प्रदर्शन गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै कीर्तिमान बनाइन् । सिनियरमा शिला चौधरीको नाममा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान रहेको छ । यो शिलाले सन् २०१८ अप्रिल २३ मा बनाएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)