मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशु ढुवानीमा चरम क्रूरता

gorkhapatraonline.com · Sun May 24 23:38:55 GMT 2026

विक्रम संवत् २०८१ जेठ ९ गते कर्णाली नदीमाथिको झोलुङ्गे पुल हल्लिरहेको थियो । खाद्यान्न बोकेका १३ वटा खच्चड एकपछि अर्को गर्दै पुल पार गर्दै थिए । अचानक पुलको तार चुँडियो । खच्चड पुलको बिचमै अड्किए । कराउँदै, तड्पिँदै, उम्किन खोज्दै गरेका ती पशु (११ वटा) लाई जोगाउन अन्ततः नदीमा खसाल्नुप¥यो, त्यही क्रममा केही खच्चड मरे । सामाजिक सञ्जालमा त्यो दृश्य केही दिनसम्म छायो । धेरैले आँसु झारे, धेरैले सरकारलाई प्रश्न गरे । तर समय बित्दै जाँदा घटना ओझेलमा प¥यो । सँगै पशुको पीडा पनि ।

नेपालका राजमार्गहरूमा अहिले पनि हरेक दिन सयौँ ट्रकमा हजारौँ पशुको उस्तै पीडादायी यात्रा छ । कुनैको घाँटी बाँधिएको हुन्छ, कुनैको खुट्टा मोडिएको हुन्छ । कुनैको मुख र शरीर रगताम्य भएको हुन्छ । कुनै घण्टौँ पानी नपाएर उभिएको हुन्छ भने कुनै एक अर्कामाथि कोचिएर सास फेर्न सङ्घर्ष गरिरहेको हुन्छ । पशु अधिकारकर्मी दुर्गानाथ दाहाल भन्नुहुन्छ, “हामीले सामाजिक सञ्जालमा देखेको घटना एउटा प्रतिनिधि दृश्य मात्र हो । वास्तविकता त सडकमा हरेक दिन दोहोरिरहेको छ ।” उहाँले थप्नुभयो, “बोराभित्र राखेर बोका र खसी ल्याउन थालेको दृश्य पनि देखिन थालेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)