कंगोसँग अंक बाँढ्न बाध्य पोर्चुगल
nepalviews.com · Wed Jun 17 19:09:42 GMT 2026

काठमाडौं । फिफा विश्वकपको उपाधि दाबेदार मानिएको पोर्चुगल पहिलो खेलमा बराबरीमा अंक बाँढ्न बाध्य भएको छ । बुधबार अमेरिकाको ह्युस्टनमा कंगोसँग १-१ को बराबरी खेल्दा पोर्चुगल जितका साथ विश्वकप यात्रा सुरु गर्न असफल रह्यो । युरोपेली टिमको दबदबा रहेको प्रतियोगितामा अफ्रिकी टिमको प्रदर्शन लोभ लाग्दो थियो ।
खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरी टिमलाई अग्रता दिलाए । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए । तर यो एक मात्र गोलले उपाधि दाबेदार मानिएको क्रिस्टियानो रोनाल्डोको पोर्चुगलका लागि पर्याप्त भएन ।
पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेरडरमार्फत गोल गर्दै ५२ वर्षपछि विश्वकपमा कंगोको पहिलो गोलको रेकर्ड बनाए । खेलको ५५ औँ मिनेटमा पोर्चुगलका जुआओ क्यान्सेलेको सुन्दर एक्रोब्याटिक सटले जाली चुमेको थियो । रेफ्रीले अफसाइड संकेत गरेपछि त्यो गोलमा परिणत भएन । विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)