राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा प्रदर्शनी
nepalkhabar.com · Wed Dec 11 16:48:06 GMT 2024

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो।
उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)