मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनको माग

barnanmedia.com · Fri Jul 18 22:52:11 GMT 2025

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले सिरियाको दक्षिणी सहर स्वेइदामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपपछि गम्भीर चिन्ता व्यक्त गर्दै त्यसबारे स्वतन्त्र, छिटो र पारदर्शी छानबिनको माग गरेका छन् । इस्लामी नेतृत्वको अन्तरिम सरकारले सेना फिर्ता बोलाएपछि स्वेइदाबाट सरकारी फौजहरू हटाइएका थिए । विभिन्न समूहबिचको झडपमा हालसम्म करिब ६ सय मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

झडपमा द्रुज समुदायका लडाकु, सुन्नी बेदुइन जातीय समूह, सरकारी फौज र उनीहरूका समर्थक संलग्न रहेको जनाइएको छ । टुर्कले मानवअधिकार कार्यालयमा प्राप्त विश्वसनीय विवरणहरूका आधारमा गैरन्यायिक हत्या, अपहरण, लुटपाट, निजी सम्पत्ति ध्वस्त पार्ने जस्ता कार्य भएको र यसबाट सर्वसाधारणमाथि गम्भीर असर परेको बताए । १५ जुलाईमा भएको घटनामा एकै परिवारमाथि गोली प्रहार गरी १३ जनाको हत्या गरिएको र सोही दिन दुई अन्य घटनामा ६ पुरुषलाई गोली हानी मारेको पुष्टि भएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)