मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

विश्व

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

barnanmedia.com · Wed Jun 17 19:15:02 GMT 2026

पाकिस्तानले ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार ले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै इरान, अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाइएको बताएका हुन्।

उनका अनुसार स्वदेश फर्काइनेमध्ये आठ जना इरानी मछुवा बेलायती जहाज ‘एमएमए भ्यालोर’ले समुद्रबाट उद्धार गरेका थिए। त्यस्तै, हालै अमेरिकी अधिकारीले नियन्त्रणमा लिएको ‘लेनोर/डेभिना’ नामक जहाजका २२ जना इरानी चालक दलका सदस्य पनि स्वदेश फर्काइने सूचीमा रहेका छन्।ती दुवै समूह आगामी केही दिनभित्र कराँची हुँदै इरान फर्कने अपेक्षा गरिएको दारले बताएका छन्।

इरानी नागरिकको सुरक्षित पारवहन तथा शीघ्र स्वदेश फिर्ती सुनिश्चित गर्न पाकिस्तानले इरान, अमेरिका र बेलायतका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गरिरहेको उनको भनाइ छ।

पाकिस्तान मानवीय सहयोगप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै दारले इरानी नागरिकलाई आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराइने स्पष्ट पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

टिप्पणीहरू