माधव नेपालद्वारा स्थायी कमिटीमा राजनीतिक प्रतिवेदन प्रस्तुत
ratopati.com · Wed Dec 11 17:52:00 GMT 2024

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन, मुलुकमा पछिल्लो समय विकासित राजनीतिक अवस्थालगायत विषयमा जानकारी गराएको पार्टीका सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभावबारे उल्लेख गरिएको छ । वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पुँजीको सञ्चय, आर्थिक रूपान्तरणका लागि पुँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)