शक्तिशाली लमजुङ दरबारको कथा बोल्ने रानीकुवा
corporatenepal.com · Thu Jul 09 05:09:59 GMT 2026

लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्ड हुँदै यात्रा गर्ने जो–कोहीको नजर सडक छेउमा रहेको एउटा पुरानो कुवामा पर्न सक्छ । हतारमा यात्रा गर्नेका लागि त्यो सामान्य पानीको कुवा मात्र हुनसक्छ तर त्यसको मौन गहिराइभित्र १६ औँ शताब्दीको लमजुङ दरबारको इतिहास लुकेको छ । तत्कालीन राजपरिवारको जीवनशैली, बटुवाको यात्राको कथा, स्थानीय समाजको परिवर्तन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जनविश्वास पनि सुरक्षित छ ।
यहाँ कुनै समय रानी वा राजपरिवारले प्रयोग गर्ने कुवा (इनार) थियो । गाउँसहर दरबार आउने–जाने बाटोमा यो पानीको मुख्य स्रोत भएकाले त्यसलाई ‘रानीको कुवा’ भनिन थालियो । यो व्याख्या स्थानीय मौखिक परम्परामा आधारित हो, यसलाई पुष्टि गर्ने शिलालेख वा आधिकारिक इतिहास हालसम्म उपलब्ध छैन । समयले धेरै कुरा फेरिए पनि ‘रानीकुवा’ले इतिहासका ती पदचाप अझै बोकेर बसेको छ । लमजुङको रानीकुवा नामको उत्पत्तिबारे आधिकारिक ऐतिहासिक अभिलेख धेरै उपलब्ध छैन तर स्थानीय जनश्रुति र त्यहाँको ऐतिहासिक परिवेशका आधारमा केही तथ्यहरु फेला पार्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)