ट्रेलरले जित्दै दर्शकको मन, ‘गौँथली’ले उठायो बालविवाह र शिक्षाको मुद्दा
kalakarmi.com · Thu Jul 09 05:20:09 GMT 2026

काठमाडौं- आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको फिल्म गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।
सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति फिल्म ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् । सोही शीर्षक र भावमा रहेर डा रिजालकै छोरा डा.कपिल रिजालले ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका छन् । निर्देशक डा.रिजालको यो दोस्रो फिल्म हो, यसअघि उनले ‘ह्यारीकी प्यारी’ नामक फिल्म निर्देशन गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)