कोशी प्रदेशका १४० भन्दा बढी नागरिक अझै सम्पर्कविहीन
ratopati.com · Fri Aug 28 13:52:59 GMT 2026

विराटनगर। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १४० भन्दा बढी नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शेखर खनालका अनुसार प्रभावित क्षेत्रमा रहेका कोशी प्रदेशका कुल १५८ जना नागरिकमध्ये हालसम्म १८ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये २ जनाको उद्धार गरिएको छ भने १ जना घाइते अवस्थामा रहेका छन् । बाँकी १४० जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)