मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

barnanmedia.com · Mon May 25 00:08:43 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर भने बढेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ।

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा छ। त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०३ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)