मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो

समाचार

खेलकुद

पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो

hamrokhelkud.com · Wed Jun 17 19:22:47 GMT 2026

पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगल र डिआर कङ्गो १-१ को बराबरीमा खेलेका छन्।

डिआर कङ्गोले बलियो मानिएको पोर्चुगलसँग अंक बाँड्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको छैटौं मिनेटमै पोर्चुगलले अग्रता लियो। पेड्रो नेटोको आकर्षक क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।

तर पहिलो हाफको इन्जुरी समयमा डिआर कङ्गोले खेल बराबरीमा ल्यायो। आर्थर मासुआकुको क्रसमा योआने विस्साले हेडमार्फत गोल गर्दै डिआर कङ्गोका लागि विश्वकप इतिहासकै पहिलो गोल गरे।

दोस्रो हाफमा पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि थप गोल गर्न सकेन। ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले पूरा खेल खेले पनि गोल गर्न असफल रहे।

रोनाल्डो विश्वकपको छैटौं संस्करण खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन्। रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको पोर्चुगलले खेलमा बल नियन्त्रणमा प्रभुत्व जमाए पनि त्यसलाई गोलका अवसरमा परिणत गर्न सकेन।

रोनाल्डोले दोस्रो हाफमा फ्रान्सिस्को कोन्सेइसाओको पासमा दुई राम्रो अवसर पाए पनि दुवै प्रहार लक्ष्यभन्दा थोरैले बाहिरिए।

डिआर कङ्गोले भने सशक्त रक्षात्मक खेल प्रदर्शन गर्दै प्रतिआक्रमणमा खतरा सिर्जना गरिरह्यो। सेड्रिक बाकाम्बुले एकपटक पोस्टमा प्रहार गर्दै पोर्चुगललाई थप दबाबमा पारे।

सन् १९७४ मा जायरे नामबाट पहिलो र अन्तिम पटक विश्वकप खेलेको डिआर कङ्गोले त्यसबेला तीनै खेल हार्दै १४ गोल खाएको थियो। तर ५२ वर्षपछि विश्वकपमा फर्किएको टोलीले आफ्नो पहिलो खेलमै पोर्चुगलबाट अंक खोस्दै सुखद सुरुआत गरेको छ।

Latest News

पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो

June 18, 2026

गिल र किशनको शतकमा भारतको फराकिलो अन्तरको जित‌

June 17, 2026

बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा

June 17, 2026

All Latest News

Popular News

पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो

June 18, 2026

गिल र किशनको शतकमा भारतको फराकिलो अन्तरको जित‌

June 17, 2026

बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा

June 17, 2026

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)

टिप्पणीहरू