माधव नेपालका मुख्यमन्त्रीका कारण सुदूरपश्चिममा दुई सातादेखि राजस्व संकलन ठप्प
barnanmedia.com · Wed Jul 24 21:37:53 UTC 2024

चार जना सांसद भए पनि माधवकुमार नेपालको दल एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाएको थियो। तत्कालीन एमाले र माओवादीबीच गठबन्धन हुँदा दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए।
केन्द्रमा फेरि कांग्रेस र एमाले मिलेपछि परिस्थिति फेरियो। एमालेसहितका सहयोगमा बजेट ल्याइए पनि गठबन्धन फेरियो। एमाले सरकारबाहिर भएपछि सोडारी नेतृत्वको सरकार २० असारदेखि अल्पमतमा छ। त्यति मात्र होइन बजेट नै पारित नहुँदा सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा छ । बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐन नहुँदा आम्दानी र खर्च ठप्प छ। डेढ सातासम्म सुदूरपश्चिम सरकारले राजस्व उठाउन सकेको छैन।प्रदेश सरकारले दैनिक सरदर ४० लाख राजस्व गुमाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)