विद्यूतीय बसबाट गुण एयरलाइन्सकाे सेवा
ekagaj.com · Sun Sep 19 17:10:51 GMT 2021
काठमाडौँ - गुण एयरलाइन्सले आन्तरिक उडानमा पहिलोपटक विद्युतीय बस प्रयोग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यले गुण एयरलाइन्सले दुई वटा विद्युतीय बसको प्रयोग सुरु गरेको हो ।
शुक्रबारदेखि उडान सुरु गरेको गुण एयरलाइन्स आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो उड्डयन कम्पनी हो । दुई वटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा जहाजबाट शुक्रबारदेखि उडान थालेको गुणले भरतपुर र पोखरापछि अरु विभिन्न गन्तव्यमा उडान थाल्ने तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)