कर प्रणाली व्यवस्थित गर्न ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यक- कर विज्ञ खड्का
arthasansar.com

बजेटको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ । बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको बिषयमा बरिष्ठ पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् ।
सरकारले आगामी जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दैछ । त्यसको पूर्व सन्ध्यामा नाफिजले तालिम आयोजना गरेको हो । तालिमका अवसरमा कर विज्ञ रूप खड्काले सिद्धान्त बाहिर गई नेपालमा हजारौ शिर्षकमा अन्तःशुल्क लगाउने गरिएको बताए । अन्तःशुल्क प्रदुषण, मदिरा, सुर्तीजन्य वस्तुमा मात्रै लगाउनु पर्नेमा अन्धाधुन्ध लगाउने गरिएको उनको भनाइ छ । उनले पत्रकारमा करका अन्तर्राष्ट्रिय सैद्धान्तिक विषयमा जानकारी हुनुपर्ने बताए । पत्रकार करका सैद्धान्तिक रूपमा जानकार हुनुपर्ने बताउँदै करका दरमा गरिएको चलखेल बुझ्नु राम्रो हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)