इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
ratopati.com · Wed Jun 17 19:55:32 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निकै प्रतीक्षित खेलमा आज दुई फुटबल शक्ति राष्ट्र इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदै छन् । अमेरिकाको डालस स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहीबार बिहान १ः४५ बजे सुरु हुनेछ ।
नयाँ अभियानको सुखद सुरुवात गर्ने लक्ष्यका साथ दुवै टोलीले आफ्ना बलिया खेलाडीहरूलाई मैदान उतारेका छन् । इंग्ल्याण्डको नेतृत्व स्टार स्ट्राइकर ह्यारी केनले गरिरहेका छन् भने क्रोएसियाको कप्तानी अनुभवी मिडफिल्डर लुका मोड्रिचले सम्हालेका छन् ।
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
यस्तो छ दुवै टोलीको सुरुवाती ११
इंग्ल्याण्ड
इंग्लिस टोलीको गोलरक्षकमा जोर्डन पिकफोर्ड रहेका छन्। रक्षापंक्तिमा रिस जेम्स, एज्री कोन्सा, जोन स्टोन्स र निक ओरेली छन्। मिडफिल्डमा इलियट एण्डरसन र डिक्लन राइसले जिम्मेवारी सम्हाल्नेछन् भने आक्रामक मिडफिल्डमा नोनी माडुएके, जुड बेलिङ्घम र एन्थोनी गोर्डन रहेका छन्। टोलीको अग्रपङ्क्ति ह्यारी केनले सम्हाल्नेछन् ।
क्रोएसिया
क्रोएसियाका लागि डोमिनिक लिभाकोभिच गोलरक्षकको भूमिकामा छन् । डिफेन्समा जोस्को ग्वार्डिओल, लुका वुस्कोभिच र जोसिप सुटालो रहेका छन् । मिडफिल्डमा इभान पेरिसिच, पेटार सुचिच, कप्तान लुका मोड्रिच र जोसिप स्टानिसिच रहेका छन्। यस्तै मार्टिन बटुरिना र मारियो पासालिच आक्रामक मिडफिल्डरका रूपमा छन् भने अग्रपंक्तिमा पिटर मुसा रहेका छन् ।
समूह ‘एल’ को यो खेललाई यस विश्वकपको सुरुवाती चरणकै सबैभन्दा रोमाञ्चक खेलहरूमध्ये एक मानिएको छ। दुवै टोली जितका साथ अंक तालिकामा बलियो पकड बनाउने रणनीतिका साथ मैदान प्रवेश गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)