दुर्घटनामा ३५ जना यात्रु घाइते
lokaantar.com

हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा आज साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा३ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ८० नम्बरको ट्याक्सीसँग समेत ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)