भीमफेदीमा ट्याक्सी र मिनिबस ठोक्किँदा ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर
ratopati.com · Wed Oct 09 17:30:00 UTC 2024

बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा३ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सीसँग ठोक्किँदा बस सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)