रिसोर्ट उद्घाटनमा मन्त्रीहरूको लर्को : प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले काटे रिबन
ratopati.com · Wed Oct 09 17:43:00 UTC 2024

काठमाडौँ । साताअघिको विपद्का बेला जनताको उद्धार र राहतमा राज्य देखा नपरेको चर्चा भइरहेका बेला बुधबार काठमाडौँको बुढानिलकण्ठमा एक निजी रिसोर्ट उद्घाटनमा भने सिंगो मन्त्रीमण्डल हाजिर भएको छ ।
मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र सत्तारुढ दलका प्रमुख नेताहरूसमेत लाम लागेर एक निजी रिसोर्ट उद्घाटनमा पुगेका छन् । बुढानिलकण्ठ नगरपालिका-१, मुहानपोखरीस्थित होलिडे इन रिसोर्टको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा अधिकांश मन्त्रीहरु लर्को लागेर सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)