मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ बुँदे सम्झौता गर्दै जसपा–लोसपा एकीकृत

rajdhanidaily.com · Sun Jan 11 23:13:06 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकताका लागि १२बुँदे सम्झौता भएको छ । आइतबार काठमाडौंमा भएको सम्झौतामा लोसपा नेपालका महन्थ ठाकुरलाई संरक्षक र जसपा नेपालका उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिई चुनावमा दुई नेताको हस्ताक्षरमा टिकट दिने सहमति भएको छ ।

दुई पक्षबीच भएको सम्झौताबमोजिम ११ सदस्यीय सचिवालय र ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमतिपत्रमा उल्लेख छ । दुवै पार्टीको भ्रातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहेर कार्य गर्ने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)