परराष्ट्रमन्त्री आरजु राणाले देखाएको बोल्ड छवि
barnanmedia.com · Wed Dec 11 23:09:16 GMT 2024

नेपाली कांग्रेसमा शेरबहादुर देउवा जति समय शक्ति र सत्तामा रहे, उनकी पत्नी आरजु राणा देउवाले आलोचना र भर्त्सनाबाहेक केही पाइनन् । भलै ती आलोचना कति तथ्यपरक थिए र कति मनोगत थिए भन्ने अनुसन्धानकै विषय होला ।
खासगरी पार्टी सभापतिका रुपमा र प्रधानमन्त्रीका रुपमा देउवाले गर्ने प्रत्येक निर्णयमा आरजु हाबी छन् र त्यसका पछाडि केही निहित स्वार्थ छ भन्ने एउटा मनोविज्ञान नै विकास भएको थियो । हुँदाहुँदा स्थिति यस्तो बनिसकेको थियो कि उनकै नाम लिएर पार्टीमा गगन थापा क्रान्तिकारी नारा लगाउन पाउँथे । स्वर्णिम वाग्ले उनकै नाम लिएर कथित विद्रोहमा उत्रिए र अहिले देशका पाँचपाँचवटा सहकारी ठगीको अनुसन्धानमा तानिँदा पनि तिनै रविको बचाउ गर्दै हिँड्नुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)