पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाहीकाे माग
barnanmedia.com · Wed Jul 24 21:46:59 UTC 2024

पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनका लागि ५ हजार घुस दिने सांसदलाई कारबाही माग गरिएको छ । छोराको समकक्षता लिनका लागि ५ हजार घुस दिनुपरेको भन्दै प्रतिनिधिसभाको बैठकमै बोलेका सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
रहबर अन्सारीको नामबाट दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिएर पदीय मर्यादा प्रतिकूल काम गरेको भन्दै कारबाही गर्न माग गरिएको हो ।नेपाली नागरिक रहबर अन्सारीको नामबाट परेको उजुरीमा, ‘आफू स्वयंले आफ्नो पदको मर्यादा नराखी भ्रष्टाचारजन्य कसुर गर्नु भएको छ । सरकारलाई समर्थन दिनुभएको र सरकारले नै भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने सङ्कल्प गरेको परिवेशमा आफ्नो काम चाँडो गराउनका लागि घुस दिएको स्वीकार्नु भएको छ,’ भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)