मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याङ्जामा ३ सन्तान जन्माउने परिवारलाई मासिक भत्ता

rajdhanidaily.com · Sun Jan 11 23:24:12 GMT 2026

स्याङ्जा । जनसंख्या घट्दो दरलाई रोक्न स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता (अनुदान) दिने रणनीति बनाएको छ । गाउँपालिकाको घट्दो जनसंख्यालाई नियन्त्रण गर्न तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने रणनीति बनाएको हो ।

जनसंख्याको घट्दो दरलाई रोक्न, जनसंख्यालाई सन्तुलन कायम गर्न, परिवारलाई सन्तानप्रति सकारात्मक सोचको प्रेरणा जगाउन र पोषणमैत्री स्थानीय शासनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यविधि नै बनाएर तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायताको अवधारणा अगाडी सारेको गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)