उपत्यकाव्यापी करातेमा लुभूलाई ६ स्वर्ण
ekantipur.com · Sat Feb 24 16:36:06 GMT 2024
काठमाडौँ — दोस्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको पहिलो दिन शनिबार लुभु डोजोले ६ स्वर्ण जितेको छ । पहिलो दिन ११ स्वर्णको छिनोफानो हुादा धनबहादुर प्रतिष्ठानले ३ तथा बाल अंकुर र नरहरिपुर डोजोले समान १–१ स्वर्ण जितेको आयोजक प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।
मंगलबजारमा भएको प्रतियोगिताको पुरुष एकल कातामा सागर मोक्तान, पुरुष २० केजीमा सुरोज तामाङ, पुरुष ३० केजीमा मिराल लिम्बू, पुरुष ३५ केजीमा रोशन चौधरी, महिला ३० केजीमा सन्जु तामाङ र महिला ३५ केजीमा सरगम सुनुवारले लुभूलाई स्वर्ण दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)