मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार
kendrabindu.com · Mon May 25 00:49:36 GMT 2026

महेन्द्रनगर । गत वैशाख २८ गते मेचीबाट सुरु भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरेकाहरुलाई मानव सेवा आश्रमका विभिन्न स्थानमा ३३ वटा सेन्टरमा राखिएको बताइएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ । मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो । उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)