ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
ratopati.com · Wed Jun 17 20:15:56 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध सुरुवाती अग्रता लिएको छ । डालस स्टेडियममा जारी खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
खेलको सुरुवातमै निकै नाटकीय दृश्य देखियो । १० औँ मिनेटमा ह्यारी केनले पेनाल्टीको अवसर चुकाएका थिए । तर, ११ औँ मिनेटमा भीएआरको सहयोगमा पुनः पेनाल्टीको निर्णय भएपछि १२ औँ मिनेटमा केनले कुनै गल्ती नगरी गोल गरे ।
अहिले खेलमा इंग्ल्याण्ड १–० ले अगाडि छ। क्रोएसिया खेलमा फर्किन प्रयास गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)