मोनाको र नेन्ट्सबीच बराबरी
ekantipur.com · Sat Aug 07 00:38:16 GMT 2021
काठमाडौँ — मोनाको र नेन्ट्सले शुक्रबार फ्रान्सेली लिग वानको पहिलो खेलमा १–१ को बराबरी खेलेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा मोनाकाले जेलिसन मार्टिन्सको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।
तर जिन चार्ल्सले ४२ औं मिनेटमा नेन्ट्सका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन र दुवै टिमले एक-एक अंकमा चित्त बुझाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)