खसीबोका बिक्री नभएको किसानको गुनासो
barnanmedia.com · Wed Oct 09 21:57:18 UTC 2024

काठमाडौँ, २४ असोजः डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् ।
डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री नभएपछि आफूहरू निराश भएको बताउनुभयो । “खसीबोका बिक्रीबाट आएको आम्दानीले चाडपर्व मान्ने र यसैबाट वर्षभरि जीविकोपार्जन हुने गरेको थियो”, उहाँले भन्नुभयो,“महेन्द्रनगर पुगेको दुइदिन भयो यसपटक बिक्री भएको छैन ।” दसैँको बेला हरेक वर्ष खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुग्ने गरे पनि विगतको तुलनामा यस वर्ष अवस्था उत्साहजनक नरहेको धामीको भनाइ छ । “हामी सात÷आठ जनाको समूह बनाएर हरेक वर्ष दसैँका बेला खसीबोका लिएर यहाँ आउने गरेका छौँ, हालसम्म राम्रो सङ्केत छैन । हेरौँ बाँकी दिन केही हुन्छ कि!”, उहाँले अगाडि भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)