केनको पेनाल्टी गोलमा इंग्ल्यान्डलाई अग्रता
onlinekhabar.com · Wed Jun 17 20:20:46 GMT 2026

३ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसिया विरुद्ध पहिले अग्रता लिएको छ ।
कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।
केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।
क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)