मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दसैँमा प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

barnanmedia.com · Wed Oct 09 22:02:38 UTC 2024

काठमाडौँ, २४ असोजः अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर गाउँपालिका‐६ कठहवाका मुुसहर समुदायलाई भने खासै दसैँ लागेको छैन । स्थानीय रामनरेश मुसहरले भन्नुभयो,“घरमा अन्न छैन, खल्तीमा सुको छैन अनि कसरी दसैँ लाग्नु हजुर !”

छरछिमेकमा दसैँको रौनक छाउँदा आफूहरू भने दुई छाकको जोहो कसरी गर्ने भन्ने चिन्तामा रहेको उहाँको भनाइ छ । “छिमेकी बस्तीमा हुने खानेले दुुर्गा मुुर्ति बनाएर बाजासहित धुुमधामका साथ दसैँ मनाइरहेका छन् । स्थानीय बजारमा नयाँ-नयाँ लुुगा, खानेकुरा, भाँडाकुँडा किन्नेको भीडभाड छ”, रामनरेशले भन्नुभयो,“दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने हामीहरूलाई भने दसैँमा कसैले काम नदिने भएकाले चुलो कसरी बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)