आज बडादशैँको सप्तमीः कालरात्रि देवीको उपासना गरिँदै
kalakarmi.com · Wed Oct 09 22:43:43 UTC 2024

काठमाडौं– आज असोज २४ गते बिहीवार अर्थात बडादशैँको सप्तमी, आज असोज शुक्ल सप्तमी । सप्तमीको यो विशेष दिनलाई फूलपाति पनि भनिन्छ । आजको दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गरिन्छ । तिथि अनुसार आज आज बडादशैँको सातौँ दिन (यो वर्ष चतुर्थी तिथि दुई दिनसम्म परेकाले आज घटस्थापना गरेको आठौँ दिन हो) कालरात्रि देवीको उपासना गरिँदै छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।
पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)