मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अत्याधिक गर्मी बढेपछि विद्यालय बन्द गर्दै कञ्चनपुरका स्थानीय सरकार

kendrabindu.com · Mon May 25 00:58:30 GMT 2026

कञ्चनपुर । अत्यधिक गर्मी बढ्न थालेपछि कञ्चनपुर जिल्लाका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् ।

भीमदत्त नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उनका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय