मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

deshsanchar.com · Wed Oct 09 22:45:04 UTC 2024

सिरहा- रातको समय छ। बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ। लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक। यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिदैँ जान्छ, सडक उत्तिनै निष्पट्ट अधेँरो हुँदै जान्छ।

स्थानीय सत्य नारायण चौधरी भन्छन्,“सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै होइन, स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घट्ना न्यूनीकरण हुनु पनि हो। अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ। त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले यही यस्तै बेला त हो नि अनैतिक क्रियाकलप गर्ने!”

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)