जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सुरुङ्गालाई
gorkhapatraonline.com · Mon May 25 00:56:48 GMT 2026

जिल्ला खेलकुद विकास समिति सप्तरीको आयोजना तथा सप्तकोसी नगरपालिकाको सहआयोजनामा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सुरुङ्गा नगरपालिकाले जितेको छ ।
सप्तकोसी नगरपालिका–८ स्थित नन्द उमा पब्लिक मावि ओद्राहाको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा १७ स्वर्ण पदकसहित सुरुङ्गा नगरपालिका प्रथम भएको हो । प्रतियोगितामा ८ स्वर्ण पदकसहित सप्तकोसी नगरपालिका दोस्रो तथा ३ स्वर्ण पदकसहित बोदेबर्साइन नगरपालिका तेस्रो भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)