कर्णाली प्रदेशमा जलस्रोत मन्त्रालयको बजेट खर्च सबैभन्दा बढी
deshsanchar.com · Sat Jul 12 17:15:14 GMT 2025

सिमकोट – कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ७९.५४ प्रतिशत खर्च गरेको छ। यो मन्त्रालय कर्णाली प्रदेशका विकासे मन्त्रालयहरु मध्येमा सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालय बनेको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमातहत कार्यान्वयन हुने गरी २ अर्ब ८६ करोड बजेट दिइएकोमा मन्त्रालयले २ अर्ब २८ करोड बजेट खर्च गरेको छ। यो प्रतिशतका हिसाबले हेर्दा कुल बजेटको ७९.५४ प्रतिशत हो, जसमा चालुतर्फ ६७.३६ र पुँजीगततर्फ ८०.५५ प्रतिशत बजेट कार्यान्वयन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)