मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैसामा कुरा नमिल्दा युवतीको घाँटी थिचेर हत्या, भारतीय नागरिक पक्राउ

annapurnapost.com · Fri Jun 05 14:40:15 GMT 2026

झापा : झापा दमककी युवती हत्या आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकाल थाना भरगा निवासी ३४ वर्षीय राकेशकुमार पण्डित रहेका छन्। ९ दिनपछि पक्राउ परेका घटना आरोपी पण्डितलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।

पण्डितले जेठ १३ गते दमक नगरपालिका–८ स्थित बसन्त टोल निवासी २१ वर्षीया रोमा (रमा) तिवारीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका एसपी बसुन्धारा खड्काले बताइन्। घटना विवरण टाइल्स मिस्त्रीको काम गर्दै आएका आरोपी पण्डित दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय